एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टरको छात्रवृति सम्बन्धी सूचना ।

एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टरको छात्रवृति सम्बन्धी सूचना ।

2025-11-05
PAC Admin

एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टरको छात्रवृति सम्बन्धी सूचना ।

यस क्याम्पसमा एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टरको छात्रवृतिका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। सम्पुर्ण ईच्छुक एम.पी.ए. (भर्ना समुह 2081) दोस्रो सेमेष्टर र एम.पी.ए. (भर्ना समुह २०८०) चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी मिति 208२-०७-१९ गते देखी मिति 208२-०८-०४ गते सम्म  https://forms.office.com/r/yYudhjNaES  लिङ्क मार्फत अनलाईन फराम बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ। साथै अनलाईन फराम भर्दा आवश्यक पर्ने Username र Password यस अघी क्याम्पसले उपलब्ध गराएको Microsoft 365 को Username र Password प्रयोग गर्नुहुन जानकारी गरिन्छ। Username र Password प्राप्त नगरेका विद्यार्थीहरूले परिचय पत्रको फोटो सहित it@pac.tu.edu.np मा ईमेल गर्नहुन समेत जानकारि गरिन्छ।

आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः

  • हाल सालै खिचेको पासपोर्ट साईजको दुवै कान देखिने फोटो,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • कक्षा १०(SEE) , १२ र स्नातक तहको  को शैक्षिक प्रमाणपत्र (लब्धाङ्क/ ट्रान्सक्रिप्ट ,चारित्रिक ) प्रतिलिपि,
  • कक्षा १० र १२ अध्ययन गरको विद्यालय सार्वजनिक/ सामुदायिक वा नेपाल सरकारको अनुदानमा संचालन भएको हो भने सम्बन्धित निकाय / तहबाट सिफारिस पत्र।
  • स्नातक अध्ययन गरेको क्याम्पस आंगिक वा सामुदायिक हो भने सम्बन्धित निकाय

 /तहबाट सिफारिस पत्र।(एम.पि.ए.को लागि मात्र)

  • आरक्षित समुहको लागि सम्बन्धित निकाय / तहको सिफारिस पत्र।

लिङ्कः https://forms.office.com/r/yYudhjNaES

(छात्रवृति सम्बन्धी अनलाईन फराम भर्ने लिङ्क क्याम्पसको वेबसाईट http://www.pac.tu.edu.np मा समेत रहेको छ।)

नोटः

  • अन्तर्वार्ता सम्बन्धी थप जानकारीको लागि फर्म भर्ने अवधी पछी पुनः सूचना निकालिने छ।साथै अन्तर्वार्ता हुदा अनिवार्य रुपमा माथि उल्लेखित सम्पुर्ण कागजातहरूका संक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।
  • रोजकारी भएका र अधिल्लो सेमेष्टरमा फेल भएकालाई छात्रवृतीको उपलब्ध गराउन वाध्यहुने छैन्।

 

 



Files

S.N Name Type Download
1 छात्रवृती सूचना pdf