आन्तरिक मूल्याङ्कन सम्बन्धमा
मितिः२०८२-०७-१९
सूचना
आज मिति २०८२/०७/१९ गते यस क्याम्पस प्रशासन र स्व.वि.यू. जनप्रशासनबीच भएको छलफलबाट तपसिल बमोजिमका निर्णयहरू गरिएका छन्। सो सम्बन्धमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
निर्णयहरू:
- एम.पि.ए. तेस्रो सेमेष्टरको आन्तरिक मूल्याङ्कनको नतिजा कार्तिक मसान्तभित्र प्रकाशित गर्ने।
- यस क्याम्पसबाट सञ्चालन हुने आन्तरिक परीक्षाको नतिजा अब उपरान्त परीक्षा सम्पन्न भएको मितिले २५ दिनभित्र प्रकाशित गर्ने।
- अब उपरान्त आन्तरिक परीक्षाको नतिजा क्याम्पसको वेब-साईटः www.pac.tu.edu.np प्रकाशित गर्ने।