हार्दिक श्रद्धाञ्जली
त्रिभुवन विश्वविद्यालय, जनप्रशासन क्याम्पसका एम.पि.ए. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी श्री नवराज कार्कीको 25 वर्षको अल्पायुमा मिति २०८२/०६/२८ गते अल्पायुमा निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं। दिवंगत आत्माप्रति श्रद्धासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
सुवास शर्मा
क्याम्पस प्रमुख
तथा
जनप्रशासन क्याम्पस परिवार, बल्खु
२०८२/०6/30