मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन/पाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियममित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सहितको त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयको मिति २०८२/०५/२६ गते प्रकाशित सूचनाअनुसार यस क्याम्पस अन्तर्गत सञ्चालन हुँदै आएका सबै आन्तरिक परीक्षा कार्यक्रम तथा भौतिक कक्षाहरूको पठन पाठन कार्यक्रम मिति २०८२ कात्तिक ११ गते देखी सञ्चालन हुने सम्बन्धी सबैमा जानकारी गराइन्छ। आन्तरिक परिक्षाका तालिका पछि प्रकाशित गरिनेछ। साथै यस अवधिमा Blended Mode मा सञ्चालन भै रहेका कक्षाहरू दशैँ–तिहारको विचमा सञ्चालन हुने छन्। Blended Mode का कक्षा सम्बन्धी आवश्यक जानकारी Microsoft Teams मा उपलब्ध गराइनेछ।