मितिः208२-05-२०
समाचार खण्डन गरिएको सम्बन्धमा।
असल शासन अनलाइन न्युज पोर्टलमा यहि मिति २०८२-०५-१८ मा “जनप्रशासन क्याम्पसमा स्ववियु सभापतिको दबदबा मनोमानी र किर्तेको आरोप” शीर्षकमा प्रकाशित समाचारमा यस क्याम्पसका स्व.वि.यु. सभापति श्री अनिकेत तिवारीले आर्थिक अनियमितता गरेको व्यहोराको समाचार क्याम्पसको लेखा शाखासँग सम्बन्धित रहेको सन्दर्भमा प्रकाशित समाचार तथ्यहीन रहेको र क्याम्पसका आर्थिक कारोबारहरू नियमानुसार पारदर्शी रूपमा गरिँदै आएको जानकारी सहित हालसम्म स्व.वि.यु सभापतिले लेखा शाखाबाट कुनै पेश्कि रकम नलिएको क्याम्पसको लेखा शाखाबाट जानकारी प्राप्त व्यहोरा अवगत गराइन्छ। साथै, क्याम्पससँग सम्बन्धित विषयहरू प्रकाशित गर्दा प्रकाशित विषयहरूको सत्य तथ्य पहिचान गरि प्रकाशित गर्न हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
|
डा.मुकेश कुमार बास्तोला नि. क्याम्पस प्रमुख |