मिति: २०८१/११/१५
विषय: सूचना
उपर्युक्त सम्बन्धमा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका-२०८१ अनुसार मिति २०८१/१२/०५ गते हुने गईरहेको निर्वाचन प्रयोजनका लागि यस क्याम्पसमा क्रियाशील संघ/संगठन /समूहहरुले मिति २०८१/११/१९ गते दिउँसो ३:०० बजे भित्र आ-आफ्नो संघ/संगठन/समूह निर्वाचन समितिको कार्यालयमा त्रि.वि. नियमानुसार दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ।
निर्वाचन समिति