एम.पि.ए. प्रथम सेमेष्टर २०८१ नयाँ भर्ना सम्बन्धी सूचना

एम.पि.ए. प्रथम सेमेष्टर २०८१ नयाँ भर्ना सम्बन्धी सूचना

2025-01-16
PAC Admin

मितिः२०८१।१०।०३

 

एम.पि.ए. प्रथम सेमेष्टर २०८१ नयाँ भर्ना सम्बन्धी सूचना

 

त्रिभुवन विश्वविद्यालयव्यवस्थापन संकायडीनको कार्यालयद्वारा सेमेष्टर प्रणालिमा संचालित Master of Business Studies (MBS), Master of Public Administration (MPA) कार्यक्रमका लागि मिति २०८१।०९।२७  गते शनिवारका दिन संचालन भएको MBS/ MPA CMAT परीक्षामा उत्तिर्ण हुने परीक्षार्थीमध्ये यस क्याम्पसमा एम.पी.ए.प्रथम सेमेष्टरमा भर्नाको लागि आवेदन दिने परीक्षार्थीहरु मध्येबाट CMAT परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा विहानी तथा सन्ध्याकालीन  समुहमा भर्नाको लागि १०१६  जनाको  सूचि यसै साथ संलग्न गरि प्रकाशित गरिएको छ ।

भर्ना सम्वन्धी जानकारीः

१) विद्यार्थीले भर्ना हुन आउँदा क्याम्पसले तोके बमोजिम भर्ना फारमका साथै एस.एल.सि / एस.इ.इ देखि स्नातक तह सम्मको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि, CMAT परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको Score Sheet  को प्रतिलिपी२ प्रति फोटो समेत अनिवार्य रुपले संलग्न गर्नु पर्ने छ।

२) भर्ना हुन आउदा एस.एल.सि एस.इ.इ देखि स्नातक तह सम्मको सम्पूर्ण प्रमाणपत्रहरुको सक्कल कागजातहरु सहित उपस्थित भई फारममा संलग्न प्रतिलिपीहरूमा अनिवार्य रुजु गराउनुपर्नेछ ।

३) भर्ना शुल्क वापत रु १५०००।– (रुपैया पन्ध्रहजार मात्र) यस जनप्रशासन क्याम्पसको नाममा रहेको सिटिजन बैंक ईन्टरनेसनल लि. खाता नं. ०५२०१०००००३४७२०१ मा रकम जम्मा गरेको सक्कल भौचर यस क्याम्पसको लेखा शाखामा बुझाई भर्ना गरेको रसिद लिनु पर्नेछ ।

४) भर्ना मिति २०८१।१०।०४  गते देखि मिति २०८१।१०।१५ गते भित्र कायम गरिएको छ । उक्त मितिभित्र भर्ना हुन नआएमा पछि मौका दिईने छैन।

भर्ना हुदा अनिवार्य विहानी र सन्ध्याकालीन Shift छुट्याई भर्ना हुनु पर्नेछ।

६) भर्ना भएको Shift पछि परिवार्तन हुने छैनभर्ना भएकै Shift अनुसार कक्षामा सहभागी हुनु पर्ने तथा अन्तरिक परिक्षा समेत आफ्नो Shift अनुसार परिक्षा दिनु पर्नेछ परिवर्तन गर्न पाईने छैन।

) कार्यरत कर्मचारीको हकमा कार्यालयको सिफारिस संलग्न गर्नु पर्ने छ।

) यसै साथ संलग्न सूचिमा कुनै त्रृटि भएको पाईएमा क्याम्पसको अभिलेख अनुसार गरिनेछ । 

) थप जानकारीको लागि जनप्रशासन क्याम्पस परिक्षा शाखामा  सम्पर्क गर्नुहोला।



Files

S.N Name Type Download
1 Merit List pdf
2 notice pdf