वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना ।
मितिः2080-03-19
वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना ।
यस क्याम्पसमा वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। सम्पुर्ण ईच्छुक विद्यार्थीहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी मिति 2080-03-19 गते देखी मिति 2080-04-04 गते विहिबार सम्म https://forms.office.com/r/yYudhjNaES लिङ्क मार्फत अनलाईन फाराम बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ। साथै अनलाईन फाराम भर्दा आवश्यक पर्ने Username र Password यस अघी क्याम्पसले उपलब्ध गराएको Microsoft 365 को Username र Password प्रयोग गर्नुहुन जानकारी गरिन्छ। Username र Password प्राप्त नगरेका विद्यार्थीहरूले परिचय पत्रको फोटो सहित it@pac.tu.edu.np मा ईमेल गर्नहुन समेत जानकारि गरिन्छ।
आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः
- हाल सालै खिचेको पासपोर्ट साईजको दुवै कान देखिने फोटो,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- कक्षा १०(SEE) , १२ र स्नातक को शैक्षिक प्रमाणपत्र (लब्धाङ्क/ ट्रान्सक्रिप्ट ,चारित्रिक ) प्रतिलिपि,
- कक्षा १० र १२ अध्ययन गरको विद्यालय सार्वजनिक/ सामुदायिक वा नेपाल सरकारको अनुदानमा संचालन भएको हो भने सम्बन्धित निकाय / तहबाट सिफारिस पत्र।
- आरक्षित समुहको लागि सम्बन्धित निकाय / तहको सिफारिस पत्र।
- अघिल्लो सेमेष्टरको ग्रेडसिटको प्रतिलिपि।
लिङ्कः https://forms.office.com/r/yYudhjNaES
नोटः
- फराम भरेका विद्यार्थीहरूको अन्तर्वार्ता मिति 2080-04-07 गते आईतबार 10:30 देखी संचालन हुने छ।अन्तवार्ता सम्बन्धी थप जानकारीको लागि फर्म भर्ने अवधी पछी पुनःसुचना निकालिने छ।साथै अन्तर्वार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा माथि उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।
- दोस्रो सेमेष्टरमा अनुत्तिर्ण भएका विद्यार्थीहरूलाई छात्रवृति दिन क्याम्पस बाध्य हुने छैन।
राधादेवी घिमिरे
संयोजक