एम.पी.ए. (भर्ना समुह 2077) तेस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना ।

एम.पी.ए. (भर्ना समुह 2077) तेस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना ।

2023-06-09
PAC Admin

एम.पी.ए. (भर्ना समुह 2077) तेस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना ।

यस क्याम्पसमा एम.पि.ए. (भर्ना समुह 2077) तेस्रो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। सम्पुर्ण ईच्छुक विद्यार्थीहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी मिति 2080-02-26 गते देखी मिति 2080-03-14 गते सम्म https://forms.office.com/r/yYudhjNaES लिङ्क मार्फत अनलाईन फाराम बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ। साथै अनलाईन फाराम भर्दा आवश्यक पर्ने Username Password यस अघी क्याम्पसले उपलब्ध गराएको Microsoft 365 को Username Password प्रयोग गर्नुहुन जानकारी गरिन्छ। Username Password प्राप्त नगरेका विद्यार्थीहरूले परिचय पत्रको फोटो सहित narayan.badu@pac.tu.edu.np मा ईमेल गर्नहुन समेत जानकारि गरिन्छ।

आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः

१. हाल सालै खिचेको पासपोर्ट साईजको दुवै कान देखिने फोटो,

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

३. कक्षा १०(SEE) , १२ र स्नातक को शैक्षिक प्रमाणपत्र (लब्धाङ्क/ ट्रान्सक्रिप्ट ,चारित्रिक ) प्रतिलिपि,

४. कक्षा १० र १२ अध्ययन गरको विद्यालय सार्वजनिक/ सामुदायिक वा नेपाल सरकारको अनुदानमा संचालन भएको हो भने सम्बन्धित निकाय / तहबाट सिफारिस पत्र।

५. स्नातक अध्ययन गरेको क्याम्पस आंगिक वा सामुदायिक हो भने सम्बन्धित निकाय

/तहबाट सिफारिस पत्र।

६. आरक्षित समुहको लागि सम्बन्धित निकाय / तहको सिफारिस पत्र।

७. अघिल्लो सेमेष्टरको ग्रेडसिटको प्रतिलिपि।

लिङ्कः https://forms.office.com/r/yYudhjNaES

नोटः

फराम भरेका विद्यार्थीहरूको अन्तर्वार्ता मिति 2080-03-17 गते देखी संचालन हुने छ।अन्तवार्ता सम्बन्धी थप जानकारीको लागि फर्म भर्ने अवधी पछी पुनःसुचना निकालिने छ।साथै अन्तर्वार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा माथि उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।

दोस्रो सेमेष्टरमा अनुत्तिर्ण भएका विद्यार्थीहरूलाई छात्रवृति दिन क्याम्पस बाध्य हुने छैन।



Files

S.N Name Type Download
1 Notice scanner png