वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना।

वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको फाराम भर्ने सूचना।

2024-02-26
PAC Admin

यस क्याम्पसमा वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर,  एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। सम्पुर्ण ईच्छुक विद्यार्थीहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी मिति 2080-11-14 गते देखी मिति 2080-11-29 गते सम्म  https://forms.office.com/r/yYudhjNaES  लिङ्क मार्फत अनलाईन फाराम बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ। साथै अनलाईन फाराम भर्दा आवश्यक पर्ने Username Password यस अघी क्याम्पसले उपलब्ध गराएको Microsoft 365 को ईमेल( Username ) र Password प्रयोग गर्नुहुन जानकारी गरिन्छ। Username Password प्राप्त नगरेका विद्यार्थीहरूले परिचय पत्रको फोटो सहित प्रशासन शाखाबाट ईमेल, Password लिनहुन समेत जानकारि गरिन्छ।

आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः

  • हाल सालै खिचेको पासपोर्ट साईजको दुवै कान देखिने फोटो,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • कक्षा १०(SEE) , १२ स्नातक को शैक्षिक प्रमाणपत्र (लब्धाङ्क/ ट्रान्सक्रिप्ट ,चारित्रिक ) प्रतिलिपि,
  • कक्षा १० र १२ अध्ययन गरको विद्यालय सार्वजनिक/ सामुदायिक वा नेपाल सरकारको अनुदानमा संचालन भएको हो भने सम्बन्धित निकाय / तहबाट सिफारिस पत्र।
  • आरक्षित समुहको लागि सम्बन्धित निकाय / तहको सिफारिस पत्र।
  • अघिल्लो सेमेष्टरको ग्रेडसिटको प्रतिलिपि।

 

लिङ्कः https://forms.office.com/r/yYudhjNaES

नोटः

  • अन्तवार्ता सम्बन्धी थप  जानकारीको लागि फर्म भर्ने अवधी पछी पुनःसुचना निकालिने छ।साथै अन्तर्वार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा माथि उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।
  • डा. हरि भक्त शाही

    क्याम्पस प्रमुख

    अघिल्लो सेमेष्टरमा अनुत्तिर्ण भएका विद्यार्थीहरूलाई छात्रवृति दिन क्याम्पस बाध्य हुने छैन।


Files

S.N Name Type Download
1 यस क्याम्पसमा वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टरका निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। pdf