छात्रवृत्ति नतिजा प्रकाशन सम्बन्धी सूचना।
यस क्याम्पसबाट मिति २०८३-०५-०१ गते प्रकाशित छात्रवृत्तिसम्बन्धी अन्तर्वार्ता सूचनाअनुसार वि.पि.ए. भर्ना समूह २०८२, २०८० र २०७९ तथा भर्ना समूह २०७८ का विद्यार्थीहरूले छात्रवृत्तिका लागि दिएको आवेदन तथा अन्तर्वार्तामा उपस्थित भएका विद्यार्थीहरूमध्ये छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको नामावली तपसिलबमोजिम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।
प्रकाशित नामावलीमा कुनै त्रुटि, फरक वा गुनासो भएमा सम्बन्धित विद्यार्थीले यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र आवश्यक प्रमाणसहित क्याम्पस प्रशासनमा लिखित निवेदन पेश गरी जानकारी गराउनुपर्नेछ।