वि.पि.ए. छात्रवृति सम्बन्धी सूचना ।

वि.पि.ए. छात्रवृति सम्बन्धी सूचना ।

2026-08-05
PAC Admin

मितिः२०८३-०४-२०

वि.पि.ए. छात्रवृति सम्बन्धी सूचना ।

यस क्याम्पसमा वि.पि.ए. (BPA) भर्ना समूह २०८२ का विद्यार्थीहरूलाई नियमानुसार प्रदान गरिने निःशुल्क छात्रवृत्ति, वि.पि.ए. भर्ना समूह २०८० र २०७९ का नियमित रूपमा उत्तीर्ण भई हालसम्म छात्रवृत्ति प्राप्त नगरेका विद्यार्थीहरूलाई नियमानुसार उपलब्ध गराइने छात्रवृत्ति तथा वि.पि.ए. भर्ना समूह २०७८ का विद्यार्थीहरूलाई सातौँ र आठौँ सेमेस्टरको छात्रवृत्तिका लागि मिति २०८३/०४/२१ गतेदेखि २०८३/०४/२७ गतेसम्म आवेदन आह्वान गरिएको छ।

उल्लेखित भर्ना समूहका सम्बन्धीत इच्छुक विद्यार्थीहरूले https://forms.office.com/r/yYudhjNaES लिंकमार्फत अनलाइन आवेदन फाराम भर्नहुन अनुरोध गरिन्छ।

अनलाइन आवेदन फाराम भर्दा यसअघि क्याम्पसबाट उपलब्ध गराइएको Microsoft 365 को Username र Password प्रयोग गर्नुपर्नेछ।

Microsoft 365 को Username तथा Password प्राप्त नगरेका विद्यार्थीहरूले आफ्नो परिचयपत्र (ID Card) को फोटो संलग्न गरी it@pac.tu.edu.np मा इमेल गरी आवश्यक विवरण प्राप्त गर्न सक्नुहुनेछ।

आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः

  • हाल सालै खिचेको पासपोर्ट साईजको दुवै कान देखिने फोटो,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • कक्षा १०(SEE) , १२ र स्नातक तहको  को शैक्षिक प्रमाणपत्र (लब्धाङ्क/ ट्रान्सक्रिप्ट ,चारित्रिक ) प्रतिलिपि,
  • QR code कक्षा १० र १२ अध्ययन गरको विद्यालय सार्वजनिक/ सामुदायिक वा नेपाल सरकारको अनुदानमा संचालन भएको हो भने सम्बन्धित निकाय / तहबाट सिफारिस पत्र।
  • आरक्षित समुहको लागि सम्बन्धित निकाय / तहको सिफारिस पत्र तथा परिचय पत्र।

 

 

लिङ्कः https://forms.office.com/r/yYudhjNaES

नोटः

  • अन्तर्वार्ता सम्बन्धी थप जानकारीको लागि फर्म भर्ने अवधी पछी पुनः सूचना निकालिने छ।साथै अन्तर्वार्ता हुदा अनिवार्य रुपमा माथि उल्लेखित सम्पुर्ण कागजातहरूका संक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।

 

 



Files

S.N Name Type Download
1 notice pdf