सूचना

सूचना

2026-05-29
PAC Admin

मितिः२०८३-०२-१५

सूचना

यस क्याम्पसमा सञ्चालन भइरहेको ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेसन (Bachelor in Public Administration) कार्यक्रममा अध्यापनका लागि देहायका विषयहरूमा कोर्ष करार शिक्षक आवश्यक भएकोले सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तहमा दोस्रो श्रेणी उत्तीर्ण गरेका इच्छुक नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

योग्य इच्छुक उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरू, अध्यापन अनुभवका प्रमाणपत्रहरू, नागरिकताको प्रतिलिपि तथा व्यक्तिगत विवरण (CV/Bio-data) सहित मिति २०८३-०२-२५ गते सम्म कार्यालय समयभित्र selection@pac.tu.edu.np ईमेलमा अथवा स्वंम उपस्थित भई क्याम्पसको पदपुर्ती समितीको कार्यालयमा सिलबन्दी गरि पेश गर्ने सकिनेछ।

प्राप्त निवेदनहरूको मूल्याङ्कन तथा छनोट प्रक्रिया शैक्षिक योग्यता , अध्यापन अनुभव, अन्तर्वार्ता, प्रस्तुतीकरण (Presentation) तथा कम्प्युटर/प्रविधि सम्बन्धी ज्ञान का आधारमा गरिनेछ।

थप जानकारीका लागि प्रशासन शाखामा श्री नारायण प्रसाद बडु(ईमेलः it@pac.tu.edu.np) समक्ष सम्पर्क गर्न सूचित गरिन्छ।         

विषयहरुः

  • Public Administration and Development Management जना
  • Statistics / Mathematics १ जना
  • Economics १ जना

 

 

 

टेकराज पौडेल

   संयोजक



Files

S.N Name Type Download
1 notice pdf