त्रिभुवन विश्वविद्यालय
जनप्रशासन क्याम्पस
सर्च कमिटी
प्रकाशित मिति: २०८३।०१।२९
त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद २० बमोजिम त्रिभुवन विश्वविद्यालय, जनप्रशासन क्याम्पसमा सहायक क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र (मिति २०८३-०२-०४ गते कार्यालय समयभित्र) विनियम ४४ मा व्यवस्था भएबमोजिमका आवश्यक प्रमाणित कागजातहरू सिलबन्दी गरी क्याम्पसको सर्च कमिटीको सचिवालयमा नियमानुसार पेश गर्नुहुन जानकारी गराइन्छ।
थप जानकारीका लागि सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ।