अत्यन्त जरूरी सूचना।

अत्यन्त जरूरी सूचना।

2026-04-07
PAC Admin

मितिः208२/१२/२4

अत्यन्त जरूरी सूचना।

त्रि.वि. रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाबाट मिति २०८२-१२-२३ गते प्रकाशित सूचनाअनुसार हप्तामा शनिवार र आइतवार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएकोले यस क्याम्पसमा समेत सोही निर्णय आजका मिति देखी नै लागू हुने जानकारी सम्बन्धी सबैमा गराइन्छ।

कर्मचारीहरूको कार्यालय समयको हकमा कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक ७ घण्टा नघट्ने तथा माघ १६ गते देखी कार्तिक १५ गतेसम्म दैनिक न्यूनतम ८ घण्टा नघट्ने  गरी कार्य समय कायम गरिएकोछ। विहानी सत्रका लागि बिहान ६ बजे र दिवासत्रका लागि बिहान ९ बजेबाट कार्यालय समय प्रारम्भ हुने जानकारी गराइन्छ।साथै क्याम्पसमा अध्यापन, अध्ययनरत एम.पि.ए. तथा वि.पि.ए. कार्यक्रमका सम्पूर्ण शिक्षक, विद्यार्थीहरूका लागि आइतवार सञ्चालन हुने कक्षाहरू अबदेखि शुक्रवार सञ्चालन गरिने तथा अन्य वारका कक्षाहरू यथावत रुपमा संचालन हुने जानकारी गराइन्छ।



Files

S.N Name Type Download
1 notice pdf