मितिः२०८२-०९-२१
एम.पि.ए. प्रथम सेमेष्टर २०8२ नयाँ भर्ना सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा सेमेष्टर प्रणालिमा संचालित Master of Business Studies (MBS), Master of Public Administration (MPA) कार्यक्रमका लागि मिति २०82।09।12 गते शनिवारका दिन संचालन भएको MBS/ MPA CMAT परीक्षामा उत्तिर्ण हुने परीक्षार्थीमध्ये यस क्याम्पसमा एम.पी.ए.प्रथम सेमेष्टरमा भर्नाको लागि आवेदन दिने परीक्षार्थीहरु मध्येबाट CMAT परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा विहानी Physical , सन्ध्याकालीन Physical, विहानी Blended र सन्ध्याकालीन Blended समुहमा भर्नाको 1252 जनाको सूची यसै साथ संलग्न गरि प्रकाशित गरिएको छ ।
भर्ना सम्वन्धि जानकारीः
१) विद्यार्थीले भर्ना हुन आउँदा क्याम्पसले तोके बमोजिम भर्ना फारमका साथै एस.एल.सि / एस.इ.इ देखि स्नातक तह सम्मको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि, CMAT परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको Score Sheet को प्रतिलिपी, २ प्रति फोटो समेत अनिवार्य रुपले संलग्न गर्नु पर्ने छ।
२) भर्ना हुन आउदा एस.एल.सि/ एस.इ.इ देखि स्नातक तह सम्मको सम्पूर्ण प्रमाणपत्रहरुको सक्कल कागजातहरु सहित उपस्थित भई फारममा संलग्न प्रतिलिपीहरूमा अनिवार्य रुजु गराउनुपर्नेछ ।
३) भर्ना शुल्क वापत रु १५०००।– (रुपैया पन्ध्रहजार मात्र) यस जनप्रशासन क्याम्पसको नाममा रहेको सिटिजन बैंक ईन्टरनेसनल लि. खाता नं. ०५२०१०००००३४७२०१ मा रकम जम्मा गरेको सक्कल भौचर अथवा जनप्रशासन क्याम्पसको नाम रहेको ई सेवामा भर्ना शुल्क वापत रु १५०००।– जम्मा गरेको भौचर(CMAT रोल न. ) यस क्याम्पसको लेखा शाखामा बुझाई भर्ना गरेको रसिद लिनु पर्नेछ ।
४) भर्ना हुदा अनिवार्य विहानी Physical, सन्ध्याकालीन Physical, विहानी Blended र सन्ध्याकालीन Blended Shift छुट्याई भर्ना हुनु पर्नेछ।
५) भर्ना भएको Shift पछि परिवार्तन हुने छैन, भर्ना भएकै Shift अनुसार कक्षामा सहभागी हुनु पर्ने तथा आन्तरिक परिक्षा समेत आफ्नो Shift अनुसार दिनु पर्ने छ परिवर्तन गर्न पाईने छैन।
6) Blendedमा भर्ना हुदा अनिवार्य रुपमा काठमाण्डौ उपत्यका बाहिर कार्यरत कार्यालयको सिफारिस संलग्न गर्नु पर्ने छ।
7) विहानी Blended Shift मा 3०० जना, सन्ध्याकालीन Blended Shift 3०० जना, विहानी भौतिक Shift मा 326 जना र सन्ध्याकालीन भौतिकका Shift मा 326 जना भर्ना गरिनेछ। साथै यस क्याम्पसमा वि.पि.ए. अध्ययन गरेका र डिन कार्यालयबाट लिएको CMAT परीक्षा उत्तिर्ण गरेकाले विद्यार्थीहरूलाई भर्नामा प्राथमिकता दिईनेछ। तोकिएको Shift मा तोकिएको संख्यामा विद्यार्थी भर्ना भएपछी उक्त Shift मा थप विद्यार्थी भर्ना गरिनेछैन्।
८) भर्ना मिति २०८२-०९-२2 गते देखी २०८२-०९-२८ गते सम्म कायम गरिएको छ।
९) यसै साथ संलग्न सूचिमा कुनै त्रृटि भएको पाईएमा क्याम्पसको अभिलेख अनुसार गरिनेछ।