मितिः२०८२-०८-२१
हार्दिक बधाई तथा कार्यकालको शुभकामना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयद्वारा मिति २०८२–०८–२० गते प्रकाशित सूचनानुसार रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा सिफारिस तथा एकमुष्ठ योग्यताक्रममा पर्न सफल हुनुभएका यस जनप्रशासन क्याम्पसका सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई क्याम्पस परिवारतर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
सार्वजनिक सेवा क्षेत्रमा आगामी दिनमा निभाउनु पर्ने जिम्मेवारी अत्यन्त संवेदनशील, परिणाममुखी र जनसेवामुखी हुने भएकाले तपाईँहरूको योगदानले प्रशासनिक कार्यक्षेत्रमा नयाँ ऊर्जा, सक्षमता र प्रभावकारिता थपिने विश्वास लिएका छौँ।
यस क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्ति सार्वजनिक प्रशासनको नेतृत्व तथा व्यवस्थापनमा सशक्त रूपमा अगाढी बढेको देखेर हामी अत्यन्त हर्षित र गौरवान्वित भएका छौँ। तपाईँहरूको पेशागत यात्रा सफल, सम्मानजनक र प्रेरणादायी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।