अन्तर्वाता सम्बन्धी सूचना

अन्तर्वाता सम्बन्धी सूचना

2025-11-28
PAC Admin

मितिः२०८२-०८-१२

निःशुल्क छात्रवृतिका अन्तर्वाता सम्बन्धी सूचना।

यस क्याम्पसमा मिति २०८२-०७-१९ गते र मिति २०८२-०७-२० गते छात्रवृती समितिले प्रकाशित गरेको सूचना अनुसार एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर , एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह 2081) अपाङ्गता भएका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएकोमा उक्त समयमा आवेदन पेश गरेका विद्यार्थीहरूको मिति २०८२-०८-१२ गते छात्रवृती समितिको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचनाको क्र.स. अनुसार तपसिल बमोजिमको मिति र समयमा यस जनप्रशासन क्याम्पसको प्रशासनिक भवनमा अन्तर्वार्ता हुने भएकोले सम्बन्धित सबैलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपशिलः

  • एम.पी.ए. (भर्ना समूह २०८१) प्रथम सेमेस्टर र दोस्रो सेमेष्टरको लागि आवेदन दिएका विद्यार्थीहरूकोः
  • क्र.स. १ देखी ४५ सम्म मिति २०८२-०८-१४  गते विहान ११:००  बजे देखी दिनको २ बजे सम्म
  • क्र.स. ४६ देखी ८६ सम्म मिति २०८२-०८-१५ गते विहान ११:००  बजे देखी दिनको २ बजे सम्म
  • क्र.स. ८७ देखी १२६ सम्म मिति २०८२-०८-१६ गते विहान ११:००  बजे देखी दिनको २ बजे सम्म
  • एम.पी.ए. (भर्ना समुह 2081)  समुहका अपाङ्गता तर्फको छात्रवृत्तीको लागि आवेदन दिएका विद्यार्थीहरूको मिति २०८२-०८-२१ गते  विहान ११:००  बजे देखी दिनको २ बजे सम्म
  • एम.पि.ए. (भर्ना समूह २०८०) तेस्रो सेमेष्टरका लागि आवेदन दिएका विद्यार्थीहरूकोः
  • क्र.स. १ देखी ३० सम्म मिति २०८२-०८-२२ गते विहान ११:००  बजे देखी दिनको २ बजे सम्म
  • क्र.स. ३१ देखी ५६ सम्म मिति २०८२-०८-२३ गते विहान ११:०० बजे देखी दिनको २ बजे सम्म

नोटः

अन्तवार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा क्याम्पसको मिति २०८२-०७-१९ गते  र मिति २०८२-०७-२० गते प्रकाशित छात्रवृतीको आवेदन फराम भर्ने सम्बन्धी प्रकाशित सुचनामा उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुन जानकारि गराईन्छ। साथै तोकिएको मिति, समयमा अनुउपस्थित हुने विध्यार्थीहरूको लागि अन्य व्यवस्था गरिनेछैन्।