जनप्रशासन क्याम्पस बल्खु काठमाडौबाट आज MPA FIRST सेमेस्टर (२०८२) ब्याचको अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न भयो । लोकसेवा आयोगका अध्यक्ष मा माधब रेग्मिज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयको थियो । यश कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख अतिथी रेग्मीले जनप्रशासन क्याम्पसमा आफुले अध्ययन गरेको बिगतलाइ स्मरण गर्दै नब आगन्तुक विद्यार्थीहरुको जिम्मेवारी र कर्तव्यबोधलाई बुझ्दै रास्ट्र निर्माणकार्यमा अग्रसर हुनुपर्ने बताउनु भयो । यसै गरि जनप्रशासन क्याम्पसका पुर्ब बिभागिय प्रमुख प्रा डा श्रीकृष्ण श्रेष्ठले बिशिस्ट अतिथिको रुपमा बोल्दै जनप्रशान विषयको महत्व र सान्दर्भिकताका सम्बन्धमा बिस्तृत रुपमा प्रकाश पार्नु भयो । यसै सन्दर्भमा उहाँले यो विषयलाई फराकिलो दायरामा राखी अध्ययन अध्यापन गराउनपर्ने भन्दै विद्यार्थीहरु नवीनता, उध्यमशिल, शिर्जनशिल र समाजका आबाजहरुलाइ बुझ्ने हुनुपर्छ भन्नू भयो । यसैगरी यस कार्यक्रममा जनप्रशासन क्याम्पसका क्याम्पस प्रमुख सुवास शर्माले आजबाट विद्यार्थी हरुको शैक्षिक यात्राको नयाँ अध्याय सुरु हुँदैछ भन्दै MPA केवल डिग्री होइन, जिम्मेवार र परिवर्तनकारी नेतृत्व निर्माण गर्ने अवसर हो भन्नू भयो । इमान्दारिता, परिश्रम र दृष्टिकोणका साथ अघि बढ्नुभयो भने सफलता अवश्य प्राप्त हुनेछ भन्दै तपाईंहरू नै भोलिको सक्षम प्रशासक र राष्ट्र निर्माणका लागि योगदान दिनुपर्ने भन्दै शुभकामना व्यक्त गर्नु भयो । क्याम्पसका उप प्रा केशबराज पान्डेको अध्यक्षता यश कार्यक्रम सम्पन्न भयको थियो । कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै पान्डेले विद्यार्थीहरुको उज्वल भबिस्यको कामना गर्दै क्याम्पसका तर्फबाट हरेक कुरामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयको थियो । यश कार्यक्रममा स्वबियु अध्यक्ष अनिकेत तिवारीले आम नब आगन्तुक साथीहरूलाई जनप्रशासन क्याम्पसमा स्वागत गर्दै अगामी दिनमा समेत आफ्नो तर्फबाट र स्वबियुको तर्फबाट विद्यार्थीको हकहितका लागि सदैब तत्पर रहने बताउनु भयो । साथै स्वबियु सचीव शंकर दुबेले पनि यश कार्यक्रममा मनतब्य दिनु भएको थियो । क्याम्पसका उप प्रा डा मुकेश कुमार बास्तोलाले संचालन गर्नु भयको यश कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष सत्यम कुमार यादब, स्वबियुका पुर्ब सभापति अग्र बहादुर शाहीलगायतका महानुभाबहरुले शुभकामना मन्तब्य दिनु भयको थियो । साथै उपप्रा डा शुस्मिता काफ्लेको स्वागत भासणबाट शुरु भयको यश कार्यक्रममा मोटिभेटर राजेश पाठकले समेत आफ्नो अमुल्य प्रबचन दिनु भयको थियो ।